२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


फेवातालमा पौडी खेल्नेक्रममा डुबेर युवकको ज्यान गयो


0
Shares

                                                     फाइल फोटो
पोखरा, भदौ ९ । पोखरा, फेवातालको ड्यामसाइडनजिकै पौडी खेल्नेक्रममा डुबेर विहीबार एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्याङजा घर भइ पोखरा–७ रत्नचोक डेरा गरी बस्ने १९ वर्षीय अमृत मगर छन् ।

घटनास्थल पुगेको प्रहरी टोलीले युवकको उद्धार गरी स्थानीय जीएमसी अस्पताल पुर्‍याएको थियो ।

अस्पताल पुगेलगत्तै चिकित्सकले मगरलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।