भक्तपुरमा जन्तीबस दुर्घटना, ४८ जना घाइते, ४ को अवस्था गम्भीर • Image Khabar Image Khabar


भक्तपुरमा जन्तीबस दुर्घटना, ४८ जना घाइते, ४ को अवस्था गम्भीर


Imagekhabar
९ भाद्र २०७३, बिहीबार २२:४९

भक्तपुरमा जन्तीबस दुर्घटना, ४८ जना घाइते, ४ को अवस्था गम्भीर

भक्तपुर, भदौ ९ । भक्तपुरको नगरकोटबाट जन्ती लिएर कोटेश्वर आउँदै गरेको बस विहीबार भक्तपुरको नगरकोट नगरपालिकास्थित सुडालमा दुर्घटना भएको छ ।

बा४ख १९०५ नम्बरको बस पल्टिँदा ४८ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

बस घुम्तीमा मोडिन नसक्दा दुर्घटनामा परेको भक्तपुरकी प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिइन् ।

बस सडकबाट करिब २० मिटर तल खसेको छ । घाइतेहरुको भक्तपुरका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्