१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


‘अदृश्य शक्तिले’ झापाका चार घरमा पालैपालो ढुंगा बर्सायो ! स्थानीय आतंकित


0
Shares

झापा, भदौ ९ । पौराणिक कथामा अदृश्य शक्तिको चर्चा सुन्न पाइन्छ । पछिल्लो समय निर्माण भइरहेका ‘थ्रिडी’ चलचित्रमा अदृश्य शक्ति तथा भूतप्रेतका गतिविधिजस्ता घटना अहिले झापा ज्यामिरगढीका नागरिकले प्रत्यक्ष भोगिरहेका छन् ।

स्थानीय ज्यामिरगढी–९ गोमनसरीमा एक सातायता चारओटा घरमा ढुंगा बर्सिन थालेपछि नागरिक आतंकित भएका हुन् ।

एक स्थानीयबासीले भने–‘सुरुमा एउटै घरमामात्रै ढुंगा बर्सिन्थ्योे, अहिले चारओटा घरमा पालैपालो बर्सिन थालेको छ ।’

नागपञ्चमीका दिन बेलुका ६ः३० बजे स्थानीय विमला निरौलाको घरमा ढुंगा बर्सिएको थियो । तर, अहिले नरबहादुर निरौला, कमल निरौला, तुलसा बढाथोकीका घरमा पनि ढुंगा बर्सिन थालेको छ ।

ढुंगाले लागेर स्थानीयबासी तुलसा बुढाथोकी, तारा निरौला र मञ्जु कार्की घाइते भएका छन् ।

अदृश्यरुपमा आउने ढुंगाले आतंकित बनेपछि सतीघट्टा प्रहरीचौकीका इञ्चार्जको टोलीले सुरक्षा दिइरहेको छ ।

दैनिकजसो भेला भएका स्थानीयबासीले ढुंगा कहाँबाट कसले हान्छ भन्ने विषयमा खोजतलास गरिरहेको प्रहरीले जनाएको छ ।

स्थानीय धामी दीर्घबहादुर बुढाथोकीले ‘ढुंगा भूतप्रेतले हानेको’ दाबी गरेका छन् । रासस