
काठमाडौं, भदौ ९ । राष्ट्रपति विद्यादेवी भण्डारीले पाटनको कृष्ण मन्दिर पुगेर पूजा–आराधना गरेकी छन् ।
श्रीकृष्णजन्माष्टमीको अवसरमा विहीबार साँझ पाटन दरबार परिसरमा रहेको कृष्णमन्दिर पुग्दा मन्दिरका पुजारीहरुले राष्ट्रपति भण्डारीलाई स्वागत् गरेका थिए ।
कृष्ण मन्दिरमा पूजा–आराधना गरिसकेपछि राष्ट्रपति भण्डारीले प्रसाद ग्रहण गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्