
अपडेट : चितवन, भदौ १० । नारायणघाट मुग्लिन सडकखण्डमा बस दुर्घटना भएको छ । गौरबाट पोखराका लागि छुटेको ग१ख ३७०९ नम्बरको बस दुर्घटना हुँदा कम्तिमा २१ जनाको मृत्यु भएको बताइएको छ ।
अरु १७ जना घाइते भएका छन् । यद्यपि, यकिन र पूर्ण विवरण प्राप्त भएको छैन ।
केही यात्रुको उद्धार गरिएको छ । उद्धार गरिएकाहरुलाई उपचारका लागि चितवनको भरतपुर लगिएको प्रहरीले जनाएको छ । मुग्लिनबाट नारायणघाटतर्फ चन्डीभन्ज्याङ गाविसको कालीखोलामा झण्डै सय मिटर तल नदीमा बस खसेको मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ईश्वरी चापागाईंले जानकारी दिए । उनका अनुसार बिहान ४ बजे गस्तीमा निस्किएको बेलामा नदीमा तैरिरहेको बस देखिएको हो ।
उद्धारको लागि प्रहरीको टोली घटनास्थलमा पुगेको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ । उद्धारमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली जुटेका छन् ।
दुर्घटनाप्रति प्रधानमन्त्री पुष्पकमल दाहालले दुःख व्यक्त गर्दै तत्काल उद्धार, खोज र घाइतेको उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
अघिल्लो समाचार:
चितवन, भदौ १० । नारायणघाट–मुग्लिन सडकखण्डमा शुक्रबार बिहानै बस दुर्घटना भएको छ । गौरबाट पोखराका लागि छुटेको ग१ख ३७०९ नम्बरको बस त्रिशुली नदीमा खसेको हो ।
गस्तीमा गइरहेको प्रहरी टोलीले नदीमा खसेको बसको केही भाग देखेपछि तत्कालै उद्धारको काम सुरु गरिएको हो ।
उद्धारमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली जुटेका छन् । दुर्घटनामा भएको मानवीय क्षतिको विवरण आउन बाँकी नै छ ।
विभिन्न स्रोतले भने कम्तीमा १९ जनाको मृत्यु भएको बताएका छन् । यद्यपी, यकिन र पूर्ण विवरण प्राप्त भएको छैन । केही यात्रुको उद्धार गरिएको छ । उद्धार गरिएकाहरुलाई उपचारका लागि चितवनको भरतपुर लगिएको प्रहरीले जनाएको छ ।
मुग्लिनबाट नारायणघाटतर्फ चन्डीभन्ज्याङ गाविसको कालीखोलामा झण्डै सय मिटर तल नदीमा बस खसेको मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ईश्वरी चापागाईंले जानकारी दिए । उनका अनुसार बिहान ४ बजे गस्तीमा निस्किएको बेलामा नदीमा तैरिरहेको बस देखिएको हो ।
प्रतिक्रिया दिनुहोस्