२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


साईकल र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु, तीनजना घाइते


0
Shares

मोरङ, भदौ १० । मोरङको पथरी–शनिश्चरे १ स्थित जाँते मोडमा शुक्रबार बिहान मे७प ४३०२ नम्बरको मोटरसाइकल र साइकल एक आपसमा ठोक्किंदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य तीनजना घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकलका चालक झापा गरामनी–८ का राजु तिम्सिना रहेका छन् । तिम्सिनाको उपचारकालागि पथरी अस्पतालतर्फ लैजाने क्रममा बिहान ०५ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुमा साइकलयात्री पथरी–शनिश्चेर ३ का तेज बहादुर राय, सोही नगरपालिका–१ का गणेश नेपाली र मोटरसाइकल पछाडी सवार झापा गरामनी–८ का रोशन कटुवाल छन् । उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।