२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


विभागको संरचनालाई व्यवस्थित गर्न वनमन्त्रीको निर्देशन


0
Shares

काठमाडौं, भदौ १० । नवनियुक्त वन तथा भू–संरक्षणमन्त्री शंकर भण्डारीले वन मन्त्रालयअन्तर्गत्का विभागको संरचनालाई व्यवस्थित गर्न निर्देशन दिएका छन् ।

शुक्रबार मन्त्रालयमा पदबहाली गर्दै मन्त्री भण्डारीले कर्मचारीलाई नियमित कार्यालयमा आएर आफ्नो काम–कारबाही गर्न आग्रह गरेका हुन् ।

उनले भने–‘तपाइँलाई समस्या परेमा आफ्नो उचित र जायज माग मलाई भन्नुहोस् मैले गर्नसक्ने समाधान गर्छु तर इमान्दार भएर काम गर्नुहोस् ।’

मन्त्री भण्डारीले वन तथा भू–क्षेत्रको विकास र विस्तारका लागि मन्त्रिपरिषदको बैठकमा खेल्नुपर्ने भूमिका खेल्न आफू तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

उनले भूकम्पपछिको पुनःनिर्माणमा काठको आवश्यकता रहेको हुँदा आफ्नो कार्यकालमा काठ उपलब्ध गराउने विश्वास व्यक्त गरे ।

मन्त्री भण्डारीले सामूहिक प्रयत्नमार्फत् सबै समस्या समाधान हुने भन्दै सबैलाई एकजुट भएर काम गर्न आग्रह गरे ।

उनले मन्त्रालयको कार्यप्रगतिकोबारेमा समय–समयमा समीक्षा गर्नु आवश्यक रहेको बताए । रासस