२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


सातदोबाटोलाई झड्का, पुल्चोक, श्रीकुमारी र च्यासल विजयी


0
Shares

काठमाडौं, भदौ १० । राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत् शुक्रबारका खेलमा पुल्चोक स्पोर्टस् क्लब, श्रीकुमारी क्लब र च्यासल युथ क्लब विजयी भएका छन् ।

पुल्चोकले सातदोबाटो युथ क्लबलाई झड्का दिँदै ३–० को जित हासिल गर्‍यो ।

पहिलो खेलमा सातदोबाटोले ब्वाइज युनियनलाई हराएपनि पुल्चोकसँग पराजित भएपछि भने ‘ए’ डिभिजन पुग्ने लयलाई गुमाएको छ ।

श्रीकुमारीले लगातार दोस्रो जित हासिल गर्नेक्रममा महावीर क्लबलाई १–० ले हरायो ।

त्यस्तै, च्यासलले टुसाल फुटबल क्लबलाई २–० ले हरायो ।

यी खेलपछि लिग तालिकामा दुई खेलबाट ६ अंककासाथ आरसीटी शीर्ष स्थानमा रहँदा श्रीकुमारी गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ ।

त्यस्तै, एनआरटी, मध्यपुर एसोसिएसन र बाँसबारी क्लबको समान ४–४ अंक छ ।

१४ टोली सहभागी प्रतियोगितामा खुमलटार युथ क्लब, नयाँबस्ती युथ क्लब र सामाजिक युथ क्लबले अंकको खाता खोल्न सकेका छैनन् ।