
सीता पाण्डे (इमेज)
पाल्पा, भदौ १० । पाल्पाको तानसेनस्थित राष्ट्रियता र वीरताको प्रतीकसँग जोडिएको रणउजीरेश्वरी भगवतीजात्रा शुक्रबार सम्पन्न भएको छ ।
पाल्पाका तत्कालीन कर्णेल उजीरसिंह थापाले वि.सं. १८७१ सालमा ब्रिटिस फौजसँग जितगढीमा लडाइँ गर्न जानु पहिले भगवतीको भाकल गरेको कथासँग यो जात्रा जोडिएको छ ।
युद्धमा ब्रिटिस फौजलाई पराजित गरेपछि कर्णेल थापाले भगवतीको मन्दिर स्थापना गरी भाद्रकृष्ण नवमीका दिन भगवती रथयात्रा गराउने प्रचलन बसालेको बताइन्छ ।
भगवतीको रथलाई बाजागाजासहित तानसेन नगरपरिक्रमा गराइ पूजाआजा गरिएको थियो ।
त्यसक्रममा गुरुज्यूको पल्टन, नेपाली सेना, प्रहरी कर्मचारी, उद्योगी, राजनीतिक दल, विभिन्न संघ-संस्था तथा सर्वसाधरण सरिक थिए ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्