२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


क्रिकेटका नाममा मानवतस्करीः टोकियो विमानस्थलबाटै गैरखेलाडी बेपत्ता


0
Shares

काठमाडौं, भदौ ११ । मैत्रीपूर्ण क्रिकेट खेल्न जापान लगेर उतै छाडिएका गैर खेलाडीमध्ये आधाभन्दा बढी टोकियो विमानस्थलबाटै गायब भएको खुलेको छ ।

नेपाली क्रिकेट टोलीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ ट्रान्जिट हुँदै जापानको टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका गैर खेलाडी त्यसपछि एकाएक गायब भएका थिए ।

जापान पुगेर फर्किएका खेलाडीका अनुसार नारिता विमानस्थलबाट उनीहरू बस्ने तय भएको होटेलसम्म पुग्दा नौ गैरखेलाडीमध्ये दुई जना मात्रै साथमा थिए ।

बाँकी सातमध्ये केही विमानस्थल र केही बाटोबाटै अन्यत्र लागेको स्वदेश फर्किएका खेलाडीहरूले बताएका छन् ।

जापान पुगेर फर्किएका उनीहरूले राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा र सिनियर राष्ट्रिय टोलीले सोधेको लिखित जवाफमा समेतच गैर खेलाडी विमानस्थलबाटै गायब भएको जानकारी दिएका छन् ।

‘हामी सात खेलाडी र हामीले चिनेका दुई अफिसियल विमानस्थलबाट होटल पुग्दा अन्य नौजना मध्ये दुई मात्रै हामीसँग थिए । बाँकी सातजना बाटोबाटै हराइसकेका थिए,’ जापान पुगेर फर्किएकामध्ये एक खेलाडीले नाम नलेख्ने सर्तमा भने,‘उनीहरुमध्ये केही विमानस्थलबाटै गायब भएका थिए । दुईतीनजना भने बाटोमा गाडी रोकेर निस्किएका थिए ।
-अन्नपूर्ण पोष्ट दैनिकबाट