 
	    काठमाडौं, भदौ ११ । भूकम्पमा मृत्यु भएकाहरुको सम्झनामा इटालीमा एक दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ ।
इटाली सरकारले भूकम्पमा मृत्यु भएकाको सम्झनामा आज एक दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । यस राष्ट्रिय झण्डा आधा झुकाइने छ ।
बुधबार बिहान गएको ६ दशमलव २ रेक्टर स्केलको भूकम्पमा परि मृत्यु हुनेको संख्या दुई सय ८१ पुगेको छ । उद्धार तथा राहतको काम अझै जारी छ ।
केही ठाउँमा भने जिवितको खोजी गर्ने क्रम रोकिएको छ । भूकम्पमा परि घाइते भएका तीन सय ८८ जनाको उपचार भइरहेको र त्यस मध्ये ४० जनाको अवस्था गम्भीर रहेको रोमस्थित नागरिक सुरक्षा विभागले जनाएको छ ।
भूम्कप प्रभावित त्रिपाल तथा टेन्टमा बसिरहेका छन् । सरकारले भूकम्पले क्षति पुगेका सबै क्षेत्रको पुनर्निमाण गर्ने प्रतिबद्धता जनाएको छ ।
सरकारले भूकम्प प्रभावितको चाँडो उद्धार र राहत पु¥याउनकै लागि भनेर संकटकाल घोषणा गरेको छ । (एजेन्सी)


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्