२४ कार्तिक २०८१, शनिबार | Sat Nov 9 2024


धनकुटामा सडक दुर्घटनाको जोखिम न्यूनीकरण अभियान सुरु


0
Shares

कविराज घिमिरे (इमेज)
काठमाडौं, भदौ ११ । एकपछि अर्को सडक दुर्घटनामा यात्रुको मृत्यु हुन थालेपछि धनकुटामा ट्राफिक प्रहरी कार्यालयले जोखिम न्यूनीकरण अभियान थालेको छ ।

सकेसम्म दुर्घटना कम गर्ने लक्षअनुरुप धनकुटा हुँदै तेह्रथुम, भोजपर, संखुवासभा तथा तराईका जिल्लाका विभिन्न स्थानमा जाने सवारी–साधनलाई लक्षित गरी अभियान सन्चालन गरिएको हो ।

यसअन्तर्गत् सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाइने, यात्रुबाहक बसले व्यापारिक प्रयोजनका लागि सामान बोक्न नपाइने, आवश्यकताअनुसार अस्थायी रुट परमिट उपलब्ध गराउने छ ।

यसैगरी, चेकजाँचलाई निरन्तरता दिइने, यात्रु र सवारी–साधनको ‘स्टाफ’लाई चेतनामूलक जानकारी दिइनेलगायत कार्य गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए ।

हाल तराईबाट धनकुटा हुँदै दैनिक हजारभन्दा बढी सवारी–साधन कोसी–पहाडका लागि चल्ने गरेका छन् ।