
बाजुरा, भदौ १२ । बाजुरा सदमुकाम मार्तडी जोड्ने साँफे–मार्तडी सडक खण्ड अवरुद्ध भएको दुई महिना हुँदा पनि सुचालु हुन सकेको छैन ।
सडक निर्माणको जिम्मा लिएको पी.एस कन्स्ट्रक्सन र सडक डिभिजन कार्यालयले चासो नदेखाउँदा अवरुद्ध सडक अझै खुल्न नसकेको हो ।
सडक निर्माणका लागि प्रशासनले पटक पटक खवर गर्दा पनि चासो नदेखाएको जिल्ला प्रशासन कार्यालयको भनाइ छ ।
सडक अवरुद्ध भएपछि स्थानीयवासी, व्यापारी, नेपाल प्रहरी र नेपाली सेनाको सक्रियतामा करीब चार किलोमिटर सडक बनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराको अगुवाइमा सडक भत्केका ठाउँमा व्यापारीसँग मिलेर सडक मर्मत गरिएको प्रहरी नायव उपरिक्षक दलबहादुर बोगटीले बताए ।
सडक अवरुद्ध भएपछि ब्यापारीले दैनिक उपभोग्य वस्तुहरुमा दोब्बर बढि लिने गरेको स्थानीयको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस्