कृष्णसारको वासस्थान अतिक्रमणको चपेटामा • Image Khabar Image Khabar


कृष्णसारको वासस्थान अतिक्रमणको चपेटामा


Imagekhabar
१२ भाद्र २०७३, आईतवार २०:४५

कृष्णसारको वासस्थान अतिक्रमणको चपेटामा

बर्दिया, भदौ १२ । वर्दियामा कृष्णसारको वासस्थान अतिक्रमणको चपेटामा परेको छ ।

२०२६ सालदेखि ऐलानी जग्गाका रुपमा बसोवास गर्दै आएका सुकुम्वासीहरुले घर टहरा निर्माण गर्दै खेतीपाती गर्न थालेपछि ६० हेक्टर क्षेत्रफल अतिक्रमणमा परेको हो ।

सो क्षेत्रमा कृष्णसार संरक्षण क्षेत्र १६ दशमलव ९५ वर्गकिलोमिटर फैलिएको संरक्षण कार्यालयले जनाएको छ ।

कूल क्षेत्रफल मध्ये ५ दशमलव २७ वर्ग कि.मि. कृष्णसारको वासस्थान क्षेत्र रहेको प्रमुख संरक्षण अधिकृत पुरुषोत्तम शर्माले जानकारी गराए ।

११ दशमलव ६८ वर्ग कि.मि.आवादी क्षेत्र हो । कृष्णसार संरक्षण क्षेत्रभित्र ९३ वटा घर पुरानो ऐलानी वस्ती र ४९ वटा घर सुकुम्वासी वस्ती गरी १ सय ४२ घर बनाइएको छ ।

२०२८ सालदेखि पुरानो वस्ती र २०४६ सालदेखि सुकुम्वासीले संरक्षण क्षेत्र अतिक्रमण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्