अस्थायी शिक्षकहरुले स्थायी गर्न माग गर्दै बालुवाटार घेरे • Image Khabar Image Khabar


अस्थायी शिक्षकहरुले स्थायी गर्न माग गर्दै बालुवाटार घेरे


Imagekhabar
१३ भाद्र २०७३, सोमबार १८:२९

अस्थायी शिक्षकहरुले स्थायी गर्न माग गर्दै बालुवाटार घेरे

काठमाडौं, भदौ १३ । अस्थायी शिक्षकहरुले स्थायी गर्न माग गर्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि धर्ना दिएका छन् ।

राज्यले अस्थायी शिक्षकका माग सम्बोधन नगरेको भन्दै उनीहरुले शान्तिपूर्ण रुपमा राखेका माग सम्बोधन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

सबै अस्थायी शिक्षकलाई प्रक्रिया पु¥याएर स्थायी गर्नुपर्ने, नयाँ शिक्षा विधेयक खारेज गर्नुपर्ने, सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्नुपर्ने भन्दै उनीहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गरेका हुन् ।

बालुवाटार अगाडिको निषेधित क्षेत्रबाट अगाडि बढ्न खोज्दा प्रहरीसँग सामान्य झडप समत भएको थियो । उनीहरुको धर्ना र आन्दोलनको कारण बालुवाटार क्षेत्रमा केहिबेर ट्राफिक अस्तव्यस्त भएको थियो ।

प्रतिक्रिया दिनुहोस्