२५ कार्तिक २०८१, आइतबार | Sun Nov 10 2024


दैलेख सदरमुकाममा सीसी क्यामरा जडान


0
Shares

दैलेख, भदौ १३ । दैलेखको सदरमुकामका विभिन्न चोकमा सीसी क्यामरा जडान गरिएको छ ।

अपराध नियन्त्रण र ट्राफिक व्यवस्थापनको निगरानी गर्न सीसी क्यामरा जडान गरिएको हो ।

सदरमुकामको देवकोटाचोक, डेकेन्द्रचोक, गणेशचोक, एनएमबीचोक, लोकतान्त्रिकचोक र रानीमत्ता प्रहरी चेकपोस्टमा सीसी क्यामरा जडान गरिएको हो ।

जिल्ला विकास समिति, नारायण नगरपालिका र उद्योग वाणिज्य संघको सहयोगमा १४ लाख रुपैयाँको लगानीमा सीसी क्यामेरा जडान गरिएको बताइएको छ ।

सीसी क्यामराको उद्घाटन गर्दै मध्यपश्चिमका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक माधवप्रसाद नेपालले दैलेखले आधुनिक प्रविधिमा एक कदम फड्को मार्दै सभ्य नागरिकको पहिचान दिन सफल भएको बताए ।

उनले सीसी क्यामेराको निगरानीले अपराधमा कमी आउने र प्रहरीलाई अनुसन्धान गर्न ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।