२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


‘बाग्मती नदी पूरै सफा बनाउँछौं’


0
Shares

काठमाडौं, भदौ १४ । बाग्मती सफाइका अभियन्ताहरुले बाग्मती नदीलाई पूरै सफा बनाउने बताएका छन् ।

तिलगंगा महिला समूहले मंगलबार राजधानीमा आयोजना गरेको कार्यक्रमका सहभागीहरुले नदी सफाइ अभियानमा साथ दिन सरकारको पनि ध्यानाकर्षण गरे ।

कार्यक्रममा बोल्दै पूर्वमुख्यसचिव लिलामणि पौड्यालले नदीनाला फोहर हुँदा रोगको संक्रमण घरसम्म आइपुग्ने भएकाले यस अभियानमा जुट्न सबैलाई आग्रह गरे ।

सो समूहकी अध्यक्ष आशा पाण्डेले संस्स्थाले गर्दैै आइरहेको अभियानबारे जानकारी गराइन् ।

कार्यक्रममा नदी सफाइका अभियन्ताहरुलाई सम्मान पनि गरिएको थियो ।