‘उच्चपदस्थलाई स्वदेशमै उपचार गराउन बाध्य गराउने कार्ययोजना ल्याउने तयारी’ • Image Khabar Image Khabar


‘उच्चपदस्थलाई स्वदेशमै उपचार गराउन बाध्य गराउने कार्ययोजना ल्याउने तयारी’


Imagekhabar
१६ भाद्र २०७३, बिहीबार २३:४६

‘उच्चपदस्थलाई स्वदेशमै उपचार गराउन बाध्य गराउने कार्ययोजना ल्याउने तयारी’

काठमाडौं, भदौ १६ । नवनियुक्त स्वास्थ्यमन्त्री गगन थापाले आगामी एक सय दिनभित्रको कार्ययोजनासहितका कार्यक्रमहरु ल्याउन मातहतका विभाग तथा कार्यालयहरुलाई निर्देशन दिएका छन् ।

मन्त्रालयमा विहीबार गरिएको पत्रकार सम्मेलनमा मन्त्री थापाले जनताले प्रत्यक्ष महसुस गर्नेगरी काम गर्न चाहेको भन्दै विस्तृत कार्ययोजना पेश गर्न आग्रह गरेका हुन् ।

पत्रकार सम्मेलनमा मन्त्री थापाले शिक्षण अस्पतालका चिकित्सक डा. गोविन्द केसीले उठाउँदै आएका मागहरुलाई पनि सकारात्मक ढंगले सम्बोधन गर्ने पनि बताए ।

उच्चपदस्थ अधिकारीलाई सकेसम्म स्वदेशमै उपचार गराउन बाध्य गराउने गरी कार्ययोजना ल्याउने तयारी भैरहेको भन्दै उनले यो विषयमा मेडिकल बोर्डसँग गम्भीर ढंगले छलफल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्