Logo १८ आश्विन २०८३, आइतबार | Mon Oct 5 2026


साउदीबाट ६५ हजार नेपाली कामदार स्वदेश फर्कन आतुर


0
Shares

काठमाडौं, भदौ १७ । साउदी अरबमा देखिएको आर्थिक संकटका कारण कम्तीमा ६५ हजार नेपालीले उद्धार पर्खेका छन् ।

त्यहाँका रोजगारदाता कम्पनीले पारिश्रमिक लगायत सुविधा नदिएपछि उनीहरु स्वदेश फर्कन आतुर रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले श्रम तथा रोजगार र परराष्ट्र मन्त्रालयमा जानकारी गराएको छ ।

तर, त्यहाँ रहेको दुतावासले भने अहिलेसम्म कति नेपाली समस्यामा छन् भन्नेबारे कुनै जानकारी नपठाएको सम्बद्ध अधिकारीले जनाए ।

परराष्ट्रमन्त्रालयका अधिकारी भने एनआरएनएले उपलब्ध गराएअनुसारको संख्यामा नेपाली समस्यामा परे/नपरेको भने अझै यकिन हुन नसकेको बताउँछन् ।

रोजगारदाताले आर्थिक संकट परेको भन्दै नेपाली कामदारलाई पारिश्रमिक उपलब्ध नगराएपछि केही दिनयता वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड लगायत निकायमा कामदारले दिनहुँ फोन गरेर उद्धारमा सहयोग गर्न आग्रह गरिरहेका छन् । तर साउदीको दुतावासले अहिलेसम्म उद्धार गर्नुपर्नेको विवरण संकलन गरी नपठाएका कारण प्रक्रिया सुरु हुन सकेको छैन । –नागरिक दैनिकबाट