२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


न्यूजिल्याण्डमा शक्तिशाली भूकम्प, ७.१ तीब्रता मापन


0
Shares

गिस्बोर्न, भदौ १७ । न्यूजिल्यान्डमा ७ दशमलव १ म्याग्नेच्युटको शक्तिशाली भूकम्प गएको छ । गिस्बोर्नको उत्तरपूर्व १६९ किलोमिटर दुरीमा केन्द्रबिन्दु बनाएर शुक्रबार बिहानै भूकम्प गएको हो ।

भूकम्पपछि सुनामीको खतरा रहेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । तर, सुनामी चेतावनी केन्द्रले भने समुद्रमा २१ सेन्टिमिटर उचाइमा मात्रै छाल आएको पाइएकाले खतरा नरहेको जनाएको छ ।

भूकम्पपछि उत्तरी आइल्यान्डको पूर्वी तटका मानिसलाई सुरक्षित ठाउँमा राखिएको छ । भूकम्पपछिको क्षतिको विवरण आइसकेको छैन ।

सन् २०११ मा दक्षिणी तटको क्राइस्टचर्च शहरमा गएको भूकम्पमा १८५ जनाको मृत्यु भएको थियो । न्यूजिल्यान्डमा वर्षेनी १५ हजार पटक भूकम्प जाने गरेको र त्यसमा झन्डै १५० वटा शक्तिशाली हुने गरेको अधिकारीहरुले जनाएका छन् । (एजेन्सी)