२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


सुनको मूल्य १ सयले बढ्यो


0
Shares

काठमाडौं, भदौ १७ । शुक्रबार सुनको मूल्य उकालो लाग्यो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर ५८ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन सुन तोलामा ३ सय रुपैयाँले झरेर ५८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको भाउ पनि १० रुपैयाँले बढेर ८ सय ६० रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रतिऔंस १३ सय १४ डलर हाराहारीमा कारोबार भएको थियो ।