२१ बैशाख २०८२, आइतबार | Mon May 5 2025


गाड्न खोज्दा शिशु रोएपछि…


0
Shares

काठमाडौं, भदौ १८ । मृत्यु भएको भन्दै खाल्डो खनेर गाड्ने तयारी गरिरहेको अवस्थामा रोएपछि एक नवजात शिशुले जीवन पाएको छ ।

शुक्रबार दिउँसो ३ बजेतिर जन्मिएको शिशुले धेरै बेरसम्म हुने प्रतिक्रिया जनाएपछि रुकुमको एक दम्पतीले मरेको ठहर गर्दै नेपालगन्ज–१७, बुलबुलियास्थित घाट पुर्‍याएको थियो ।

रुकुम, रुघा–२ की १९ वर्षीया भावना ओली खड्काले घरमै जन्माएको शिशु नचल्मलाएपछि पति चौखवाङ–७ का २७ वर्षीय गोपाल खड्काले नजिकैको मेडिकल पुर्‍याएका थिए ।

मेडिकल संचालकले बच्चा नरोएको, नचलेको, शरिर निलो भइसकेको र श्वास नफेरेको भन्दै मृत घोषित गरिदिएका थिए ।

उनले तैपनि भेरी अञ्चल अस्पतालमा एकपटक देखाउन सुझाव दिएका थिए । तर, खड्का दम्पतीले शिशु मरेको भन्दै अपराह्न ४ बजेतिर गाड्न लगेको थिए ।

घाटमा पुगेर सहयोग मागेपछि शिशुको दाहसंस्कारका लागि स्थानीयले सहयोग गरेको देवबहादुर बोहोरालो बताए । तर, खाल्डो खन्दै गर्दा शिशु रोएपछि स्थानीय छाँगाबाट खसेझैं भएका थिए । उनीहरुले खड्का दम्पत्तीप्रति शंका गर्दै प्रहरीलाई खबर गरे । र, शिशुलाई प्रहरीलाई जिम्मा लगाए ।

-अर्जुन ओली, नागरिक दैनिकबाट