उज्वेकिस्तानका राष्ट्रपतिको निधन • Image Khabar Image Khabar


उज्वेकिस्तानका राष्ट्रपतिको निधन


Imagekhabar
१८ भाद्र २०७३, शनिबार १४:४१

उज्वेकिस्तानका राष्ट्रपतिको निधन

अपडेट
काठमाडौं, भदौ १८ । उज्वेकिस्तानका राष्ट्रपति इस्लाम कारिमोभको निधन भएको छ । उज्वेक सरकारले ७८ वर्षीय राष्ट्रपति कारिमोभको निधन भएको पुष्टि गरेको छ ।

उनको ‘ब्रेन ह्यामरेज’ भएपछि गत साता अस्पताल भर्ना गरिएको र अवस्था चिन्ताजनक रहेको बताइएको थियो । कारिमोभले सन् १९८९ यता उज्वेकिस्तानको सत्ता सम्हाल्दै आएका थिए ।

उनको निधनमा तीनदिन राष्ट्रियशोकको घोषणा गरिएको छ । एसियाकै एक तानाशाही नेताकारुपमा चिनिएका कारिमोभका कुनै उत्तराधिकारी नरहेको र त्यहाँको सन्चारमाध्यम सरकारको नियन्त्रणमा रहेको बीबीसीले जनाएको छ ।

उनको अत्येष्टिको तयारी गरिएको बताइएपनि उत्तराधिकारीका विषयमा भने अनिश्चितता कायमै छ ।

तर, प्रधानमन्त्री शाभ्कात मिर्जियोयेभको सम्भावना बढी देखिएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्