 
	    काठमाडौं, भदौ १८ । फिलिपिन्सको दक्षिणी शहर डावाओमा गराइएको बम आक्रमणमा कम्तिमा १२ जना मारिएका छन् ।
राष्ट्रपति रोड्रिगो डुटरेटको गृहनगर डावाओको व्यस्त बजारमा बम विस्फोट गराइएको हो । रातको बेला गराइएको विस्फोटमा परी ३० जना भन्दा धेरै घाइते भएको सरकारी अधिकारीलाई उधृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
विस्फोटको कारण पत्ता लागेको छैन भने अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन । राष्ट्रपति रोड्रिगो गृहनगर डावाओको भ्रमणमा रहेका बेला विस्फोट गराइएको हो ।
राष्ट्रपति रोड्रिगोलाई भने केही भएको छैन । यस वर्षको सुरुमा रोड्रिगो राष्ट्रपतिमा निर्वाचित भएका हुन् । त्यसअघि उनी २० वर्षसम्म डावाओको मेयर रहेका थिए । (एजेन्सी)


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्