Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


स्थापनाको एक वर्ष नपुग्दै नयाँ शक्ति पार्टीभित्र मतभेद


0
Shares

काठमाडौं, भदौ १९ । पार्टी स्थापनाको एक वर्ष नपुग्दै नयाँ शक्ति पार्टी भित्र वैचारिक र सांगठनिक मतभेद देखिन थालेको छ । पार्टी केन्द्रीय कार्यकारी समिति र राजनीतिक समितिका पछिल्ला बैठकहरूबाट ती भिन्नता सतहमा आएको हो ।

मधेसी जनजाति खस आर्य क्लस्टर राख्ने कि नराख्ने बहससँगै संगठनको स्वरूप कस्तो हुने भन्ने मतभेदका कारण पछिल्ला बैठक प्रभावित भएका छन् ।

‘माओवादी पृष्टभूमिबाट आएकाहरू पुरानै किसिमको संरचना चाहन्छन्, हामी प्रत्यक्ष लोकतन्त्रको अभ्यासबाट अघि बढ्ने बहसमा छौ,’ पार्टीका एक उच्च नेताले भने, ‘हाम्रो उहाँहरूसँग अन्तरसंघर्ष छ, पार्टीहरूबीचमा अर्को एउटा पार्टी बनाएर अस्तित्वमात्रै देखाउने कि साँच्चैको बैकल्पिक पार्टी बनाउने ?’ कान्तिपुर दैनिकबाट