नारायणगढ-मुग्लिन सडक विहानै देखि अवरुद्ध • Image Khabar Image Khabar


नारायणगढ-मुग्लिन सडक विहानै देखि अवरुद्ध


Imagekhabar
१९ भाद्र २०७३, आईतवार १५:४८

नारायणगढ-मुग्लिन सडक विहानै देखि अवरुद्ध

चितवन, भदौ १९। नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चण्डिभन्ज्याङ गाविस–६ स्थित चार किलो र पाँच किलोको बीचमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनले दिएको जानकारीअनुसार बिहान ६ः३० बजे ठूलो पहिरो खस्दा सडक छेउमा रहेको गोरे गुरुङ र कमल गुरुङको घरमा समेत सामान्य क्षति पुगेको छ ।

पहिरो पन्छाउने काम सुरु भइसकेकाले १० बजेसम्ममा सडक आवागमन खुल्न सक्ने प्रहरीको अनुमान छ । सडक बन्द भएपछि दुवैतर्फ सबारीसाधनको लाम लागेकोे छ । रासस

प्रतिक्रिया दिनुहोस्