स्याङजामा पहिरोमा परी चार जनाको मृत्यु • Image Khabar Image Khabar


स्याङजामा पहिरोमा परी चार जनाको मृत्यु


Imagekhabar
१९ भाद्र २०७३, आईतवार १७:१३

स्याङजामा पहिरोमा परी चार जनाको मृत्यु

स्याङजा, भदौ १९ । स्याङजाको क्वरेभन्ज्याङ्ग गाविस ७ को उपल्लो ताप्केमा विहान गएको पहिरोमा पुरिएर चार जनाको मृत्यु भएको छ ।

लगातारको वर्षापछिको पहिरोमा परी स्थानीय चन्द्रकला सारु मगरको घरमा पुरिँदा तीज मनाउन गएका अरु तीन जनासमेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा चन्द्रकला सारु मगर उनको घरमा तीज मनाउन गएका मल्याङ्गकोट ८ दार्सिङकी हुमकुमारी मस्याङदी, उनकी सात वर्षीया छोरी पुनम र ६ वर्षिय छोरा सुजन छन् ।

प्रतिक्रिया दिनुहोस्