१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


भक्तपुरमा जीप दुर्घटना, ९ जना घाइते


0
Shares

भक्तपुर, भदौ १९ । भक्तपुरको सुर्यबिनायक नगरपालिका–६ परिर्वतन टोल स्थित सडकखण्डमा बलेरो जीप दुर्घटना हुँदा जीपमा सवार ९ जना घाईते भएका छन् ।

प्रहरीका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भिर रहेको छ । गम्भिर घाईते हुनेमा झापा घर भई हाल सुर्यविनायक बस्ने १८ वर्षीया सृजना लिम्बु रहेकी छिन् ।

घाईते लिम्बुकोे ईवामुरा अस्पताल सलघारीमा उपचार भईरहेको छ । अन्य घाइतेको पनि सोही अस्पतालमा उपचार भईरहेको छ ।

आइतबार दिउँसो सवा १२ बजे सुर्यबिनायकबाट डोलेश्वर मन्दिर जाँदै गरेको बा८च ९३७२ नबरको जीप सडकमा पल्टिएर दुर्घटना भएको स्थानीय प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न चालक र सवारी साधनलाई महानगरीय प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ ।