सयभन्दा बढी बालिका कुमारीका रुपमा पुजिए, विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान • Image Khabar Image Khabar


सयभन्दा बढी बालिका कुमारीका रुपमा पुजिए, विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान


Imagekhabar
२० भाद्र २०७३, सोमबार ०१:०८

सयभन्दा बढी बालिका कुमारीका रुपमा पुजिए, विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान

काठमाडौं, भदौ १९ । सय भन्दा बढी बालिकालाई कुमारीको रुपमा पूजा गरिएको छ ।

काठमाडौंको बसन्तपुरमा हिजो जीवित देवी कुमारीको पूजा गरिसकेपछि अन्य बालिकाहरुको पूजा गरिएको हो ।

श्री श्री श्री कुमारी भक्तजन परिवारले आयोजना गरेको सो कार्यक्रममा समाजका विभिन्न ४० जना लब्धप्रतिष्ठित व्यक्तित्वत्वहरु र विभिन्न संघसंस्थालाई सम्मान पनि गरिएको थियो ।

कार्यक्रममा उद्योगमन्त्री नविन्द्रराज जोशी लगायतले नेपालको मौलिक कुमारी परम्परा र दर्शनलाई अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्