
सप्तरी, भदौ १९ । सप्तरीमा संयुक्त बजार अनुगमन समितिले स्थानीय फलफूल गोदाममा छापा मारेर एक लाख भन्दा बढीको अखाद्य केरा नियन्त्रणमा लिएको छ ।
फलफूलमा कार्वाइड मिसावट गरी बिक्री गरेको गुनासो बढेपछि समितिले आइतबार छापा मारेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालको नेतृत्वमा उद्योग अधिकृत राधाकृष्ण पोख्रेल, खाद्य निरीक्षक सुरेशकुमार सिंह, प्रहरी निरीक्षक नारायण प्रसाद भट्टराई र पत्रकार वैद्यनाथ झा सम्मिलित टोलीले राजविराज–७ स्थित ६ वटा फलफुल गोदाममा छापा मारेको थियो ।
त्यस क्रममा कार्वाईड मिसाईएको करिव १ लाख १० हजार मूल्य बराबरको केरा बरामद गरेको हो । बरामद गरिएको केरा नष्ट गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्