काठमाडौं, भदौ २० । विद्युत प्राधिकरणका अधिकांश विद्युतगृह, क्षेत्रीय निर्देशनालय, वितरण केन्द्र र आयोजनाहरूमा वरिष्ठहरूलाई हटाएर कनिष्ठलाई जिम्मेवारी दिने प्रवृत्ति बढेको छ ।
दस तहको मेकानिकल दरबन्दी भएका विद्युतगृहमा अधिकांश नौ तहका कनिष्ठलाई जिम्मेवारी दिइएको छ । दस तहका मेकानिकल दरबन्दी भएका कालिगण्डकी ए, मध्यमर्स्याङ्दी, कुलेखानी प्रथम, मर्स्याङ्दी विद्युत गृहमा नौ तहकालाई प्रमुख बनाइएको छ ।
योग्यता नपुगे पनि कामुको जिम्मेवारी दिएर कनिष्ठलाई प्रमुख बनाएर वरिष्ठहरूलाई काठमाडौं केन्द्रमा थन्क्याइएको छ ।
प्राधिकरणले आफ्ना १८ वटै विद्युत गृहमा मेकानिकलको साटो इलेक्ट्रिकल इन्जिनियरलाई जिम्मेवारी दिन सांगठनात्मक स्वरुप परिवर्तन गर्न लागेको छ ।
विद्युत गृहमात्र होइन, प्राधिकरणको ११ तह दरबन्दू भएको विभिन्न क्षेत्रीय निर्देशनालयमा १० तहका कर्मचारीलाई प्रमुख बनाइएको छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट
प्रतिक्रिया दिनुहोस्