२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


भारत निकासी बन्द भएपछि नेपाली अदुवा गोदामै थन्कियो


0
Shares

इलाम, भदौ २० । दश दिन यता भारत निकासी बन्द भएको नेपाली अदुवा गोदामै थन्किँदा पूर्वी पहाडी जिल्लाका अदुवा किसान र व्यापारी समस्यामा परेका छन् ।

यतिबेला माऊ अदुवा बिक्री गर्ने मूख्य सिजन हो । तर, किसानले माऊ अदुवा बिक्री नगर्दै भारतले नेपाली अदुवामा प्रतिबन्ध लगाएपछि पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ्ग र तेह्रथुमका अदुवा किसान र ब्यापारी समस्यामा परेका हुन् ।

चिनियाँ अदुवा नेपाल हुँदै भारत गएपछि त्यो चिनियाँ अदुवामा हानीकारक विषादीको मात्रा र संक्रमण भएको भन्दै भारतीय पक्षले नेपाली अदुवा निर्यातमा समेत रोक लगाएको इलामका व्यापारीहरुले बताए ।

अदुवा निकासी बन्द भएपछि किसान र व्यापारीको करोडौं रुपैयाँ डुब्ने भएको छ । यहाँको अदुवा भारतीय बजार नक्साल, बैंगलोर र सिलिगुडीको बजारमा बढी बिक्री हुने गर्दछ ।

कृषि कार्यालयका अनुसार ताप्लेजुङ, पाँचथर, इलाम र झापामा मात्रै ३ हजार ७ सय ७० हेक्टरभन्दा बढी जमिनमा अदुवा खेती हुने गरेको छ ।

यहाँको वार्षिक उत्पादन ५५ हजार ४० मेट्रिक टन छ । नेपालमा उत्पादन हुने अदुवामध्ये ३१ प्रतिशत पूर्वका जिल्लामा मात्रै उत्पादन हुने गरेका तथ्यांक छ ।