
काठमाडौं, भदौ २० । विभिन्न दलका नेताहरुले संविधान संशोधनमा राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् ।
सोमबार राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले सत्ताधारी दलहरु संशोधन प्रस्तावलाई संसदमा लैजान तयार भएपनि संशोधन प्रक्रिया अघि बढाउन राष्ट्रिय सहमति आवश्यक पर्ने बताए ।
यस्तै, नेकपा एमालेका नेता शंकर पोखरेलले संविधान संशोधनको नाममा मुलुकमा अन्यौल बढाउन नहुने भन्दै मधेसी मोर्चाको नीति नै संशोधनको पक्षमा नरहेको दाबी गरे ।
मधेसी मोर्चाका नेता राजकिशोर यादवले एमालेले संविधान कार्यान्वयन चाहने हो भने संशोधनको पक्षमा आउने जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस्