२४ कार्तिक २०८१, शनिबार | Sat Nov 9 2024


सन्दीपलाई अष्ट्रेलियामा निम्तो, क्लार्कको एकेडेमीबाट क्रिकेट खेल्ने अवसर


0
Shares

काठमाडौं, भदौ २१ । नेपाली राष्ट्रिय टिमका युवा लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियामा क्रिकेट खेल्ने अवसर पाएका छन् ।

अष्ट्रेलियन पूर्वकप्तान माइकल क्लार्कको एकेडेमीबाट खेल्न सन्दीपलाई आधिकारिक पत्र आएको हो ।

सन्दीपले सन् २०१६/१७ को सिजनमा माइकलको प्रिमियर ग्रेड क्रिकेट क्लबअन्तर्गत् वेस्टर्न सुबर्ब्सबाट खेल्न पाउने भएका हुन् ।

गत मे महिनामा हङकङमा भएको खेलकाक्रममा माइकलले सन्दीपको खेल हेरेको र त्यहीँबाटै उनी सन्दीपप्रति मोहित भएको पत्रमा उल्लेख गरिएको छ ।

क्लबले सन्दीपलाई पठाएको पत्रमा नेपाली युवा क्रिकेटरको विकास गर्नको लागि क्लार्क उत्सुक रहेकोसमेत उल्लेख छ ।

क्लबले पठाएको पत्र समाजिक सन्जालमार्फत् सार्वजनिक गर्दै सन्दीपले आफूलाई बोलाएकामा निकै आभारी रहेकोसमेत प्रतिक्रिया दिएका छन् ।

माइकल क्लार्क र सन्दीप असोज ८ गते अष्ट्रेलियाको एलन बोर्डर ओभलमा हुने खेलमार्फत् जोडिनेसमेत जनाइएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले सन्दीप अष्ट्रेलियामा गएर खेल्न पाउनु नेपाली खेलाडीको ठूलो फड्को भएको प्रतिक्रिया दिएका छन् ।

पत्र पढ्नुहोस्