
-शब्द/तस्विर: कविराज घिमिरे, ईमेज
धनकुटा । पूर्वी पहाडको व्यापारिक तथा पर्यटकीय नगरी हो धनकुटाको हिले । समुद्री सतहबाट करिब १९५० मिटरको उचाईमा रहेको हिले चिसो मौसमका कारण आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण केन्द्रको रुपमा रहेको छ ।
प्राकृतिक सुन्दरताको दृष्यावलोकनका लागि आकर्षक हिले आसपासका डाँडाले पर्यटकको मन लोभ्याउने गर्छ । धार्मिक तथा पर्यटन बिकासका हिसाबले पछिल्लो समय हिले स्थित बक्रकुण्ड मन्दिर धार्मिक पर्यटनका लागि उत्कृष्ट गन्तब्य मानिएको छ ।
वि.स.२०६७ सालमा स्थापना गरिएको सो धार्मिक क्षेत्र हिले वजारवाट करिब १० मिनेटको पैदल यात्रा पछि पुग्न सकिन्छ ।
सो स्थानमा बिभिन्न देवदेविको दर्शन गर्नका साथै धनकुटा बजार, हिलेबजार उत्तरपानी, पाख्रीवास, बिभिन्न फाट, हिमश्रृखला, चिया बगान लयायतको दृष्यावलोकन गर्न सकिन्छ । बक्रकुण्ड आसपासवाट देखिने केहि मनोरम दृश्यहरु:
दृष्यावलोकनका लागि उपयुक्त बक्रकुण्ड डाँडा
बक्रकुण्ड डाँडावाट देखिएको मकालु हिमाल
बक्रकुण्ड डाँडावाट देखिएको मकालु तथा गणेश हिमाल
बक्रकुण्ड डाँडामा निर्माण गरिएको बिश्रामलय
चिया वगानको बिचमा रहेको बक्रकुण्ड मन्दिर
गुरासे चिया कारखाना
बक्रकुण्ड मन्दिरमा राखिएको घण्टीको लहर
मन्दिरसंगै रहेको चिया बगान
पात्ले फाँट तथा कोशी राजमार्गको रुद्रवारी–धनकुटा सडक खण्ड
उत्तरपानी वजार र उत्तरपानी प्राबिधिक शिक्षालय
साँझपख अरुण नदीवाट उठेको कुहिरोले पहाडलाई छोप्दै गरेको दृष्य
प्रतिक्रिया दिनुहोस्