१४ बैशाख २०८२, आइतबार | Mon Apr 28 2025


काठमाडौंको थकान मेट्न रोजाइमा पर्न थाले बल्थलीका होमस्टे(भिडियो)


0
Shares

 

-सन्दिप पौड्याल/ईमेज

राजधानीको कोलाहालबाट आजित भएकाहरुलाई प्रकृतिसँग रम्नका लागि उत्कृष्ट गन्तब्य बल्थली बन्दै गएको हो ।

जसले गर्दा पनि यस क्षेत्रमा रिसोर्ट र होमस्टे खुल्ने क्रम बढेका छन् । पछिल्लो समय यहाँको सबिनाज होमस्टे पर्यटकको रोजाईमा पर्न थालेको छ ।

काठमाडौंबाट मात्र ३९ किलोमिटर दक्षिण पूर्वमा रहेको सुन्दर गाउँ हो काभ्रेको बल्थली । जुन गाउँले पर्यटकीय विकासको अथाह संभावना बोकेको छ ।

जसका कारण बल्थली क्षेत्र पछिल्लो समयमा आकर्षक पर्यटकीय केन्द्र बनेको छ । ग्रामीण वातावरणमा पर्यटकीय आनन्द बटुल्न ठूलो संख्यामा पर्यटकहरु अहिले बल्थलीलाई गन्तब्य बनाउन थालेका छन् ।

अघिल्लो वर्षको तुलनामा तेब्बर बढी पर्यटक बल्थली पुगेका छन् । पहिले होटल र रिसोर्टमा बस्ने आन्तरिक एवम् बाह्य पर्यटकको पहिलो रोजाइ अहिले होमस्टे बन्ने गरेको छ ।

यस क्षेत्रमा रहेका बल्थली भिलेज रिसोर्ट, बल्थली इको हिल रिसोर्टलगायतका होटलहरुलाई पर्ने चाप अहिले यहांका होमस्टेहरुलाई परेको छ । बल्थली क्षेत्रमा अहिले बल्थली होमस्टे र सबिनाज् होमस्टे संचालनमा छन् ।

काभ्रे आउने अधिकांश पर्यटक बल्थली पुग्ने गर्दछन् । खागगरी एकरात बसेर फर्कने पर्यटक यहाँ बढी मात्रामा पुग्ने गर्दछन् ।

होम स्टेमा आउने जो कोही पर्यटकलाई पनि घरायसी वातावरण राखेर स्थानीय उत्पादन र सांस्कृतिक मनोरन्जन दिने सबिनाज् होमस्टेका सन्चालिका राधिका हुमागाईं बताउंछिन ।

होमस्टेमा अहिले चार वटा कोठा रहेका छन् । जसमा एकै पटक १२ जनासम्मले रात बिताउन सक्छन् । यहां पुग्ने पर्यटकले आफैं पनि घरमै जस्तो आगोमा खाना पकाउन सक्छन् ।

जसले गर्दा ग्रामीण भेगको स्वाद समेत यहां पुग्ने जो कोहीले चाख्न पाउंछन् ।

 

ट्रेकिङ्ग र हाइकिङको लागि उपयुक्त गन्तब्य बल्थली पनौतीबाट ७ किलोमिटरको दुरीमा पदर्छ । बल्थली गाउँ प्राकृतिक एंव संस्कृतिक रुपले सम्पन्न छ ।

डाँडै डाँडाले घेरिएको र बीचमा समथर जमिन रहेको छ । बिहानी धामको झुल्कासँगै यहाँबाट हिमालहरु सहजै देख्न सकिन्छ ।

पनौती, खोपासी चलाल गणेसस्थानलगायत फाँटहरुको दृश्यले पर्यटकहरु लोभिने गरेका छन् ।

भौगोलिक बनावट र प्राकृतिक सुन्दरताको अद्घितिय रुपले उक्त क्षेत्र भरिपूर्ण छ । धार्मिक रुपमा पनि यहाँ आकर्षत गर्ने धेरै धार्मिक स्थल रहेका छन् ।

लडर्केश्वर महादेव, कमलादेवीको मन्दिर यहाँको प्रमुख आकर्षणको केन्द्र विन्दु हो भने नमोवुद्घ पनि नजिकै रहेको छ । ट्रेकिङ मन पराउने पर्यटकको लागि त यो झनै आकर्षणको केन्द्र बन्दै गएको छ ।

बाहुन, क्षेत्रीसंगै यस क्षेत्रमा तामाङको पनि बसोबास रहेको छ । जसले गर्दा बिभिन्न कला-संस्कृतिसमेत एकै ठाउंबाट देख्न सकिन्छ ।

एक दिन बस्नका लागि जाने पर्यटककले १ हजार ५ सय रूपैयाँ देखि २ हजार रूपैयाँ सम्म खर्च गर्नुपर्ने होमस्टेकी अर्की सन्चालिका सबिना हुमागाईं बताउंछिन् ।

यो वर्ष मात्र करिब ३ हजार भन्दा बढि स्वदेशी तथा विदेशी पर्यटक बल्थली पुगिसकेका छन् ।

पाहुनाले खाने तरकारीजन्य उत्पादन आफ्नै बारीमा उत्पादन हुन्छ अनि पाहुनालाई तिनै अर्गा्निक उत्पादनको स्वाद चखाइने सन्चालिका हुमागाईं बताउंछिन् ।

मौसमको अनुकुलताका आधारमा बल्थलीबाट लाङटाङ, गणेश, जुगल, फुर्बीघ्याचु, दोर्जेलाक्पा, गौरीशंकर, नुम्बुर, रोल्वालिंगदेखि विश्वको सर्वोच्च शिखर सगरमाथा लगायतका हिमशृंखला प्रष्ट रुपमा देख्न सकिन्छ ।

यहांबाट बल्थलीबाट लाङटाङ, गणेश, जुगल, फुर्बीघ्याचु, दोर्जेलाक्पा, गौरीशंकर, नुम्बुर, रोल्वालिंगदेखि विश्वको सर्वोच्च शिखर सगरमाथा लगायतका हिमशृंखला प्रष्ट रुपमा देख्न सकिन्छ ।

काठमाडौंको साँखुबाट लप्सीफेदी, नगरकोट, धुलिखेल, नमोबुद्घ हुंदै बल्थलीसम्म भिलेज ट्रेकिङ रुट कायम गरिएको हुंदा यहां आउने स्वदेशी तथा विदेशी पर्यटकको संख्या बढ्दो छ ।

कसरी पुग्ने ?

राजधानी काठमाडौंबाट बनेपा पनौती हुँदै खोपासीसम्म बसबाट अथवा निजी सवारीबाट यात्रा गर्नुपर्ने हुन्छ । काठमाडौंबाट ३९ किलोमिटरको दुरीमा रहेको बल्थली पुग्न खोपासीबाट भने कच्ची सडकमा जानुपर्छ ।