२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


सेतो घोडाको व्यापक खोजी हुँदै


0
Shares

काठमाडौं, भदौ २३ । दसैं नजिकिएसँगै भक्तपुरको तलेजु भवानीको वाहनका लागि सेतो घोडा खोजी तीव्र भएको छ ।

तलेजु भवानीको वाहन सेतो घोडा भएको र पहिलेको घोडा गत वर्ष कार्तिक ७ मा मरेको थियो । घोडा मरेपछि तलेजु भवानी वाहनविहीन छन् ।

विजया दशमीको रात भक्तपुरको तलेजु र नवदुर्गा भवानीसहित खड्ग जात्राका लागि घोडा हुनैपर्ने परम्परा छ । महिषासुरसँगको युद्धमा विजयी भएपछि आफ्नो वाहन सेतो घोडामा सिंगारिएर तलेजु भवानी खुसियाली मनाउन नगर परिक्रमा गर्ने प्रचलन छ । नगर परिक्रमाका लागि सेतो घोडा हुनैपर्छ । –नागरिक दैनिकबाट