एण्डी मरे युएस ओपन टेनिसको क्वाटरफाईनलबाटै बाहिरिए • Image Khabar Image Khabar


एण्डी मरे युएस ओपन टेनिसको क्वाटरफाईनलबाटै बाहिरिए


Imagekhabar
२३ भाद्र २०७३, बिहीबार १४:०६

एण्डी मरे युएस ओपन टेनिसको क्वाटरफाईनलबाटै बाहिरिए

काठमाडौं, भदौ २३ । ब्रिटिश खेलाडी एण्डी मरे अमेरिकामा जारी युएस ओपन टेनिस प्रतियोगिताको क्वाटरफाईनलबाटै बाहिरिएका छन् ।

बुधबार राति भएको खेलमा मरेलाई जापानी खेलाडी केई निशिकोरीले पाँच सेटमा हराएका हुन् ।

दोस्रो वरियताका मरे विरुद्धको खेल निशिकोरीले १-६, ६-४, ४-६, ६-१ र ७-५ को सेटमा जितेका हुन् ।

निशिकोरीको यो जित ब्रिटिश खेलाडी एण्डी मरे विरुद्ध करीयरमा भएका हुल ९ खलमध्येको दोस्रो जित हो ।

जितसँगै निशिकोरी यु.एस. ओपन टेनिसको सेमिफाइनलमा पुगेका छन् भने मरे यो वर्षका चारवटा ग्रान्ड स्लाममध्ये पहिलो पटक सेमिफाइनलमा पुग्न असमर्थ भएका छन् ।

युसएस ओपनका अन्य खेलहरुमा विजयी हुँदै नोभाक जोकोभिच र गेल मोन्फील्स पनि सेमिफाइनलमा पुगिसकेका छन् ।

उता महिलातर्फ डेनमार्ककी क्यारोलिन वोज्नीयाकी, जर्मनीकी एन्जेलिक केर्बर र चेक गणतन्त्रकी क्यारोलीना प्लिस्कोभा सेमिफाइनलमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्