Logo ५ कार्तिक २०८२, बुधबार | Thu Oct 23 2025


अदुवा भारत निकासीको वातावरण बनाउन माग, ‘माग सम्बोधन नभए आन्दोलन’


0
Shares

काठमाडौं, भदौ २३ । नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघले समयसापेक्ष कृषि बजार ऐन ल्याउन माग गरेको छ ।

महासंघले विकल्प खोजी गरेरमात्रै हाल सन्चालित तरकारी बजार हटाउनुपर्ने, कृषि उपजलाई अत्यावश्यकीय वस्तुमा राखेर तरकारी तथा फलफूल ढुवानी साधनहरुलाई छुट्टै नम्बर प्लेट राखी निर्वाध आवत–जावत गर्ने वातावरण बनाउनुपर्नेलगायतका १४ बुँदे माग अघि सारेको छ ।

महासंघले विहीबार राजधानीमा पत्रकार सम्मेलन गरी भारतमा अदुवा निकासीको वातावरण बनाउन पनि आग्रह गरेको छ ।

भातरले ‘नेपालको अदुवा विषयुक्त’ रहेको आरोप लगाउँदै भारत निर्यातमा रोक लगाएको छ ।

यूरो मापदन्डअनुसार अदुवाको परीक्षण गरिएको र गुणस्तरयुक्त रहेको भन्दै महासंघले अदुवा निकासीको वातावरण बनाउन माग गरेको हो ।

नेपाली ९० प्रतिशत अदुवा भारत निकासी हुँदै आएको छ ।

आफूहरुको माग सम्बोधन नभए आन्दोलनको विकल्प नरहेको महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले चेतावनी दिए ।