
काठमाडौं, भदौ २३ । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघको आयोजनामा विहीबारदेखि ‘सुबिसु क्यान कम्टेक २०१६’ सुरु भएको छ ।
सूचना तथा सन्चार क्षेत्रमा विकसित पछिल्ला प्रविधि, यस क्षेत्रको विकास र विस्तारका लागि रणनीति तय गर्ने उद्देश्यले मेला गरिएको क्यान महासंघले जनाएको छ ।
मेलामा इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन, इलेक्ट्रोनिक सेक्युरिटी तथा सेफ्टी एन्ड सलुसन, हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन, मोबाइल एक्सेसरिज, डिलर र डिस्ट्रिव्युटर्सलगायतका अवलोकन कक्ष राखिएका छन् ।
मेला २६ गतेसम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस्