१२ हजार फिटको उचाईमा रातभर केबलकारमै फसे ४५ यात्री (फोटोफिचर) • Image Khabar Image Khabar


१२ हजार फिटको उचाईमा रातभर केबलकारमै फसे ४५ यात्री (फोटोफिचर)


Imagekhabar
२४ भाद्र २०७३, शुक्रबार १७:०६

१२ हजार फिटको उचाईमा रातभर केबलकारमै फसे ४५ यात्री (फोटोफिचर)

पेरिस, भदौ २४ । फ्रान्सको अल्प्स पर्वतमा १२ हजार फिटको उचाईमा रहेको केबलकारमा रातभर ४५ यात्री फसेका छन् ।

१२ हजार फिटको उचाईमा रातभर केबलकारमै फसे ४५ यात्री (फोटोफिचर)

स्थानीय अधिकारीहरुका अनुसार १ सय १० यात्री केबलकारमा फसेका भए पनि ६५ जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको थियो । अँध्यारो बढेपछि उद्धार कार्य स्थगित गर्नु परेका कारण ४५ यात्री केबलकार मै रात बिताउन बाध्य भएका हुन् ।

१२ हजार फिटको उचाईमा रातभर केबलकारमै फसे ४५ यात्री (फोटोफिचर)

समाचार एजेन्सीहरुका अनुसार तीव्र हावाका कारण केबलकारको तार आपसमा अल्झिएका कारण केबलकार रोक्नु परेको थियो । प्राविधिक कारणले केबलकार सेवा प्रभावित भएको फ्रान्सको आन्तरिक मामला मन्त्रालयले जनाएको छ ।

१२ हजार फिटको उचाईमा रातभर केबलकारमै फसे ४५ यात्री (फोटोफिचर)

फ्रेन्स, इटालियन र स्वीस उद्धार टोलीलाई उद्धार कार्यमा परिचालन गरिएको छ । (एजेन्सी)

१२ हजार फिटको उचाईमा रातभर केबलकारमै फसे ४५ यात्री (फोटोफिचर)

प्रतिक्रिया दिनुहोस्