
काठमाडौं, भदौ २४ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेताहरुले जनताको सेवाभन्दा पनि सत्ताका लागि मरिहत्ते गर्ने प्रवृत्ति देखाएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
शुक्रबार राजधानीमा बीपी विचार समाजको दोस्रो महाधिवेशन उद्घाटनमा उनले सत्ताका लागि नभइ जनताको सेवाका लागि एकताबद्ध हुन नेताहरुलाई आग्रह गरे ।
पूर्वराष्ट्रपति यादवले असन्तुष्टहरुको मागलाई सम्बोधन गरेर संविधान कार्यन्वयनमा लाग्नुपर्नेमा जोड दिए ।
बीपीको चिन्तन हराउँदै गएको भन्दै उनले बीपीको विचारलाई देशभर पुर्याउनुपर्ने पनि बताए ।
पूर्वराष्ट्रपति यादवले चिकित्सकहरुको सुझावअनुसार नै आफू उपचारका लागि विदेश जान लागेको भन्दै त्यसप्रति भएका टिप्पणीले दुःखी बनाएकोसमेत बताए ।
आइतबारसम्म चल्ने बीपी समाजको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्