जोकोभिच र वावरिन्का युएस ओपन टेनिसको उपाधिका लागि भिड्ने • Image Khabar Image Khabar


जोकोभिच र वावरिन्का युएस ओपन टेनिसको उपाधिका लागि भिड्ने


Imagekhabar
२५ भाद्र २०७३, शनिबार १७:१४

जोकोभिच र वावरिन्का युएस ओपन टेनिसको उपाधिका लागि भिड्ने

काठमाडौं, भदौ २५ । डिफेन्डिङ च्याम्पियन नोभाक जोकोभिच र विश्व नम्बर ३ स्टानिसलास वावरिन्का युएस ओपन टेनिसको फाइनलमा पुगेका छन् ।

शनिबार बिहान भएको खेलमा विश्व नम्बर १ सर्वियाका जोकोभिच १०औं वरीयताका फ्रान्सेली गेल मोनफिल्सलाई हराएर फाइनलमा पुगेका हुन् ।

जोकोभिचले मोनफिल्सलाई ६–३, ६–२, ३–६ र ६–२ को सेटमा हराए । जोकोभिच सातौंपटक युएस ओपनको फाइनलमा पुगका हुन् ।

यसैगरी, छैटौं वरीयताका जापानी खेलाडी केइ निशिकोरीलाई पराजित गर्दै तेस्रो वरीयताका स्टानिसलास वावरिन्का पनि फाइनलमा पुगेका छन् ।

वावरिन्काले ४–६, ७–५, ६–४ र ६–२ ले निशिकोरिलाई हराउँदै जोकोभिचसँगको उपाधि भिडन्त पक्का गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्