प्रधानमन्त्री दाहालले टेलिफोनबाटै गरे आमसभालाई सम्बोधन • Image Khabar Image Khabar


प्रधानमन्त्री दाहालले टेलिफोनबाटै गरे आमसभालाई सम्बोधन


Imagekhabar
२८ भाद्र २०७३, मंगलवार ०१:४१

प्रधानमन्त्री दाहालले टेलिफोनबाटै गरे आमसभालाई सम्बोधन

                                                            फाइल फोटो
सिरहा, भदौ २७ । प्रधानमन्त्री पुष्पकमल दाहालले अधिकतम् सहमतिसहित संविधान संशोधनको प्रयास भइरहेको बताएका छन् ।

सिरहाको मिर्चैयामा सोमबार आयोजित आमसभामालाई टेलिफोनबाट सम्बोधन गर्दै मधेसी, थारुलगायतको माग सम्बोधन हुने गरी संविधान संशोधन गर्ने प्रयास अन्तिम अवस्थामा पुगेको दाबी गरे ।

मौसम खराबीका कारण सिराहा जान नसकेपछि प्रधानमन्त्री दाहालले टेलिफोनबाट सम्बोधन गरेका हुन् ।

प्रधानमन्त्रीले मधेसको उन्नतिको मेरुदन्ड हुलाकीसडक हुने भन्दै त्यसका लागि भारत सरकारसँग कुरा उठाउने पनि बताए ।

प्रधानमन्त्रीले सम्बोधन गर्ने भनिएको कार्यक्रममा सहभागी हुन विभिन्न जिल्लाबाट सिराहा पुगेका सर्वसाधारण भने निराश बन्दै फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्