४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


पूर्व प्रधानमन्त्रीहरुले के सुझाव दिए प्रधानमन्त्री दाहाललाई ?


0
Shares

काठमाडौँ, भदौ २८ । आफ्नो आसन्न भारत भ्रमणका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श लिएका छन् ।

प्रम निवास बालुवाटारमा मंगलबार भएको परामर्शका क्रममा पूर्वप्रमहरुले बदलिँदो अवस्थामा नेपाल–भारत सम्बन्धलाई अझ उचो बनाउन र विगतमा दुई देशबीच भएका विभिन्न सन्धि र सम्झौतालाई कार्यान्वयनमा उतार्न प्रम दाहाललाई सुझाव दिएका थिए ।

उनीहरुले नेपाल–भारतबीचको सम्बन्ध पुरानो र घनिष्ट रहेको भन्दै यो सम्बन्धलाई अझ बलियो बनाउँदै लैजान प्रम दाहालको भ्रमण सफल रहने विश्वास व्यक्त गरेका थिए ।

नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रम शेरबहादुर देउवा, नयाँ शक्ति पार्टीका संयोजक एवम् पूर्व प्रम डा बाबुराम भट्टराई, नेकपा ९एमाले०का नेता एवम् पूर्वप्रम माधवकुमार नेपाल र पूर्वप्रम लोकेन्द्रबहादुर चन्दले प्रम दाहाललाई सुझाव दिएका थिए।

“मैले नेपाल–भारत सम्बन्धलाई बदलिँदो अवस्थामा अझ उचो बनाउने काम भारत भ्रमणमा गर्न प्रम दाहाललाई सुझाव दिएँ” – नेकाका सभापति देउवाले भने ।

उनले विगतका दुई देशबीच भएका सहमति र सम्झौतालाई अझ प्रभावकारी ढङ्गबाट कार्यान्वयन गर्न खाँचो रहेको बताए।

नेकपा ९एमाले०का वरिष्ठ नेता नेपालले आफ्नो दलले दलीय आधारमा प्रम दाहाललाई सुझाव दिइसकेको चर्चा गर्दै नेपाली जनताको शिर उचो बनाउने काम भारत भ्रमणका क्रममा गर्न प्रम दाहाललाई सुझाव दिनुभएको जानकारी दिए ।

उनले विगतमा नेपाल–भारतबीच सडक, यातायात, ऊर्जा क्षेत्रमा भएका सन्धि सम्झौता कार्यान्वयनमा जोड दिनुपर्छ भने ।

नयाँ शक्ति पार्टीका संयोजक डा भट्टराईले आफूले लिखित रुपमा प्रम दाहाललाई दशबुँदे सुझाव दिएको सञ्चारकर्मीलाई जानकारी दिए ।

साउन १९ गते व्यवस्थापिका–संसद्बाट काँग्रेसको साथ र सहयोगमा प्रधानमन्त्री पदमा निर्वाचित भएका दाहालले यही भदौ ३० गतेबाट भारत भ्रमण गर्दै छन् ।

चारदिने भ्रमणका क्रममा उनले भारतीय समकक्षी तथा राष्ट्रपतिलगायत भारतीय उच्च पदस्थ अधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

प्रम दाहालले अहिले सर्वदलीय बैठकको आयोजना गरिसकेका छन् । रासस