 
	    काठमाडौं, भदौ २९ । बिहीबार हुने प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका लागि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले हिमालयन एयरलाइन्सको पाङ्ग्रा सापटी मागेको छ ।
निगमको ९ एनएकेएक्स कलसाइनको एयरबस–३२० विमान मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा टायर पन्चर भई ग्राउन्डेड भएपछि निगमले प्रधानमन्त्रीलाई उडाउन हिमालयन एयरलाइन्सको दुईवटा पाङ्ग्रा सापटी मागेको हो ।
प्रधानमन्त्री दाहालको भारत भ्रमणको तयारीका लागि तीन दिने दिल्ली भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतसहित १ सय ५० यात्रु लिएर मंगलबार दिल्लीबाट काठमाडौं आएको जहाज अवतरण गर्ने क्रममा टायर पन्चर भई ग्राउन्डेड भएको हो ।
प्राविधिक इन्जिनियरिङ टोलीले सो विमानमा सापटी लिएको पाङ्ग्रा फिट गरी बिहीबार प्रधानमन्त्री दाहालसहितको भ्रमण प्रतिनिधिलाई भारत उडाउने निगमको तयारी छ । –राजधानी दैनिकबाट


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्