Logo २९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026


सुनको मूल्य बुधबार २ सयले घट्यो


0
Shares

काठमाडौं, भदौ २९ । बुधबार पनि सुनको मूल्य ओरालो लाग्यो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर ५८ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले ओरालो लागेर ५८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदीको मूल्य भने ८ सय ६० रुपैयाँमा नै स्थिर रह्यो ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझसम्म सुन प्रतिऔंस १३ सय २५ डलर हाराहारीमा कारोबार भएको थियो ।