
काठमाडौं । बाल दिवसको अवसरमा अन्तर विद्यालय लोक गीत प्रतियोगिताको आयोजना गरिएको छ ।
राजधानीका नीजि विद्यालयमा अध्ययन गर्ने विद्यार्थीेले नेपाली भाषाका गीत गाउन छाडेपछि त्यसको संरक्षणका लागि जोन एकेडेमीले अन्तर विद्यालय स्तरीय लोक गीत प्रतियोगिताको आयोजना गरेको हो ।
सो प्रतियोगितामा उपत्यकाभित्रका ३५ वटा विद्यालयले भाग लिएको सो प्रतियोगितामा इष्ट पोल इंगिल वोडिङ स्कुल प्रथम, ओम बज्र स्कुल दोस्रो, पिस नेपाल तेस्रो तथा टाइनलाइन स्कुल र एकता जेम्स स्कुलले सान्तवना जीत हासिल गरेका थिए ।
सो प्रतियोगितामा सहभागी विद्यार्थीले पुराना लोक गीत गाएका थिए । कमलीकानत भेटवाल, यसोदा पराजुली र एकनारायण भण्डारी निर्णायक रहेको सो प्रतियोगिताका विजयीलाई जोन एकेडेमीका निरीक्षक भोलाराज खनाल र प्रिन्सिपल घनेन्द्र बस्नेतले पुरस्कार वितरण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्