४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


महिला संघको महाधिवेशनमा बन्दसत्र जारी


0
Shares

काठमाडौं, भदौ ३० । नेपाली कांग्रेसको भगिनीसंस्था नेपाल महिला संघको तेस्रो महाधिवेशनअन्तर्गत् विहीबार बन्दसत्र सुरु भएको छ । बन्दसत्रमा संघको नीति र नेतृत्वमाथि बहस भइरहेको छ ।

काठमाडौंको भृकुटीमन्डपमा जारी बन्दसत्रमा करिब २ हजार २ सय प्रतिनिधि सहभागी छन् । बन्दसत्र सकिएपछि शुक्रबार नेतृत्व चयनका लागि मतदान हुनेछ ।

अध्यक्षमा मीना पाण्डे र उमा रेग्मीबीच प्रतिस्पर्धा हुँदैछ । पाण्डेलाई पौडेलपक्ष तथा रेग्मीलाई संस्थापन र कृष्ण सिटौला समूहले उम्मेदवार बनाएको हो ।

२००४ सालमा प्रजातन्त्रको स्थापनाका लागि गठन भएको कांग्रेसको यो तेस्रो ठूलो भगिनीसंस्था हो ।