इलाममा स्थानीय तह कतिओटा ? पुनर्संरचनाका दुई खाका तयार • Image Khabar Image Khabar


इलाममा स्थानीय तह कतिओटा ? पुनर्संरचनाका दुई खाका तयार


Imagekhabar
३० भाद्र २०७३, बिहीबार २१:५४

इलाममा स्थानीय तह कतिओटा ? पुनर्संरचनाका दुई खाका तयार

इलाम, भदौ ३० । स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले इलाम जिल्लालाई ८ ओटा र १० ओटा स्थानीय तह बनाउने गरी दुईओटा खाका तयार पारी अन्तिमरुप दिएको छ ।

प्राविधिक सहयोग समितिले विहीबार पत्रकार सम्मेलन गरी आयोगले तोकेअनुसारका ८ ओटा र स्थानीय राजनीतिक दलहरुले सहमति गरेकोअनुसार १० ओटा तहको सिफारिस गरेको हो ।

यसरी तयार पारिएको खाकामा पनि ८ ओटा संख्या हुनेमा नेकपा एमाले र नयाँ शक्तिलेमात्र सहमति जनाएका छन् ।

८ ओटा स्थानीय तहमा इलाम नगरपालिका, देउमाइ नगरपालिका र सूर्योदय नगरपालिका गरी तीन नगरपालिका र पाँच गाउँपालिका प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्